निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरेको छ।
आइतबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरालगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
सरकारका तर्फबाट प्रधानमन्त्रीका अलावा गृहमन्त्री, कानुनमन्त्रीलगायतको उपस्थिति रहेको थियो।
