कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भाेलि बस्दै

कांग्रेस पार्टी कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting underway

काठमाडौँ — कांग्रेस कार्यसमिति बैठक भोलि मंगलबार बस्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् । 

सूचनामा भनिएको छ, ' नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।'

कान्तिपुर

Link copied successfully