सहरी विकास तथा भवन निर्माण कार्यालयबाट प्राप्त प्रतिवेदन अनुसार क्षति भएको मूल भवनको तेस्रो, चौथो र पाँचौँ तलाका केही इजलास तथा कोठाहरू सञ्चालन गर्न सकिने भनी प्रतिवेदनमा उल्लेख भएपछि आइतबारबाट सेवा थालिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।
काठमाडौँ — जिल्ला अदालत काठमाडौंले २४ भदौको आन्दोलनपछि क्षतिग्रस्त मूल भवनबाट सेवा थालेको छ । आन्दोलनपछि अन्य भवनबाट नियमित र डेडिकेटेड गरी २२ वटा इजलास सञ्चालन भइरहेको थियो ।
सहरी विकास तथा भवन निर्माण कार्यालयबाट प्राप्त प्रतिवेदन अनुसार क्षति भएको मूल भवनको तेस्रो, चौथो र पाँचौँ तलाका केही इजलास तथा कोठाहरू सञ्चालन गर्न सकिने भनी प्रतिवेदनमा उल्लेख भएपछि आइतबारबाट सेवा थालिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।
'मूल भवनमा सीमित संख्यामा सेवाग्राही प्रवेश गराउनुपर्ने भएकाले अनिवार्य रूपमा प्रवेश पास दिएर तोकिएको सेवाग्राही मात्र मूल भवनको इजलासमा प्रवेश गर्नु हुन अनुरोध छ,' अदालतले सूचना जारी गरेर समेत भनेको छ ।