भदौ २३ र २४ को घटना अनुसन्धान प्रतिवेदन मानव अधिकार आयोगका अध्यक्षलाई बुझाइयो

२३ को घटनामा मानव अधिकार हनन र २४ को विध्वंसमा संलग्नलाई कारबाही सिफारिस भएको आयोग स्रोतको भनाइ छ । 

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

The investigation report on the incidents of Bhadra 23 and 24 was submitted to the Chairperson of the Human Rights Commission.

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौको घटनामा छानबिन गरी अनुसन्धान प्रतिवेदन आयोगका अध्यक्ष तपबहादुर मगरलाई बुझाएको छ । प्रवक्ता टिकाराम पोखरेलका अनुसार शुक्रबार आयोगकी सदस्य लीली थापा नेतृत्वको समितिले प्रतिवेदन बुझाएको हो । 

करिब ९१ जनासँग बयान लिइएको छ । राष्ट्रिय सुरक्षा परिषद्, केन्द्रीय सुरक्षा समिति, जिल्ला सुरक्षा कमिटीलगायत, २३ गतेको आन्दोलनका आयोजकसँग पनि बयान लिएर आयोगले प्रतिवेदन तयार गरेको छ । 

२३ को घटनामा मानव अधिकार हनन र २४ को विध्वंसमा संलग्नलाई कारबाही सिफारिस भएको आयोग स्रोतको भनाइ छ । 

समितिकी संयोजक लीली थापाले आफूहरुले अध्ययन प्रतिवेदन तयार पारेर अध्यक्षलाई बुझाएको र आगामी हप्ता आयोगको बैठक बस्ने अनि त्यसले अनुमोदन गरेर सार्वजनिक गर्नेबारे निर्णय गर्ने बताइन् । उनले आयोगले अध्ययन गरेर दमन र विध्वंसमा अलगअलग कारबाहीको सिफारिस गरेको बताइन् ।

कान्तिपुर

Link copied successfully