राजीनामाबारे जानकारी दिँदै उनले आफूले पाएको अवसरप्रति प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले राजीनामा दिएका छन् । उनले २ चैतमा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
राजीनामाबारे जानकारी दिँदै उनले आफूले पाएको अवसरप्रति प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका छन् ।
‘अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने, ‘यहाँले मलाई सिक्ने ठूलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रीको विद्यार्थी बन्न पाएँ, अत्यन्तै खुशी छु, किनकी त्यो विरलै अनुभव थियो ।’
