हर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ

‘हर्मुजबाट एक नेपालीको पक्राउ गरेर इरानले नियन्त्रणमा लिएको छ,’ परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा भने ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

Nepali arrested from Hormuz region

काठमाडौँ — इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले पक्राउ परेको नेपालीको विवरण सार्वजनिक गरेको छैन ।  

‘हर्मुजबाट एक नेपालीको पक्राउ गरेर इरानले नियन्त्रणमा लिएको छ,’ परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा भने ।

हर्मुज क्षेत्र इरानको नियन्त्रणमा छ । ती नेपालीको पक्राउ गर्नुको कारणबारे विस्तृत जानकारी दिइएको छैन ।

कान्तिपुर

Link copied successfully