महाधिवेशनबाट डा. हेमराज शर्मा अध्यक्षमा चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा रविन शेरचन निर्वाचित भएका छन् भने २१ जना उपाध्यक्ष चयन गरिएको छ ।
What you should know
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ । ‘एकता महाधिवेशन’ का रूपमा प्रचार गरिएको अधिवेशनबाट सबै पक्षलाई समेट्ने उद्देश्यसहित ठूलो आकारको कार्यसमिति चयन गरिएको जनाइएको छ ।
शनिबारदेखि सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो। नवगठित कार्यसमितिमा अध्यक्षदेखि विभिन्न पदहरूमा व्यापक प्रतिनिधित्व दिइएको छ ।
महाधिवेशनबाट डा. हेमराज शर्मा अध्यक्षमा चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा रविन शेरचन निर्वाचित भएका छन् भने २१ जना उपाध्यक्ष चयन गरिएको छ । उपाध्यक्षहरूमा रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, मनोजकुमार श्रेष्ठ, रोजिना प्रधान राई, रोशन थापा, प्रविण गुरुङ, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, दधिबल खड्का, दिनेश पोखरेल, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, लोकप्रसाद दाहाल, भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ, टंकप्रसाद गैरे, विश्वदीप तिगेला र तिलक गैरे रहेका छन् ।
महिला उपाध्यक्षमा राधिका गुरुङ ‘टिका’ तथा युवा उपाध्यक्षमा भिमसेन थापा चयन भएका छन् । महासचिवमा डा. चिरञ्जीवी खड्का चयन हुँदा उपमहासचिवमा अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल, राजेन्द्र अर्याल र स्वतन्त्र प्रताप शाह रहेका छन् ।
सचिवमा अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा मुसलमान, प्रसुन्ना कडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिम्सिना र रमेश भट्ट चयन भएका छन् । महिला सचिवमा अमृता थापा कञ्चन रहेकी छन् ।
कोषाध्यक्षमा कृष्णप्रसाद तिम्सिना चयन भएका छन् भने सह–कोषाध्यक्षमा अब्दुल बासिद र विमल सुवेदी तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएकी छन्। महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा नविन निउरे चयन भएका छन् ।
त्यसैगरी विभिन्न क्षेत्रीय संयोजकहरू पनि चयन भएका छन् । अफ्रिका संयोजकमा मनोज विक, अमेरिका संयोजकमा भुवन खरेल, एसिया–प्यासिफिक संयोजकमा दीपकप्रसाद कडेल, युरोप संयोजकमा रोबर्ट लिम्बू, मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ र ओसेनिया संयोजकमा रमेश जोशी चयन भएका छन् ।
महाधिवेशनबाट विभिन्न क्षेत्रीय उप–संयोजक, सह–संयोजक, महिला तथा युवा संयोजकहरू समेत चयन गरिएको छ। दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल र प्रवक्तामा सोम सापकोटा चयन भएका छन् ।
एनआरएनएले यसपटक सबै पक्षलाई समेट्ने प्रयासस्वरूप जम्बो कार्यसमिति घोषणा गरेको जनाएको छ ।
