रास्वपाले नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण दिने भएको छ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार चैत्र ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण दिइने भएको हो । त्यसका लागि सोही अनुसार तयारी अवस्थामा रहन नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सूचित गरेको उनले जानकारी दिएका छन् ।
फागुन २१ को निर्वाचनबाट रास्वपाका १२५ सांसद प्रत्यक्ष निर्वाचित भएका थिए भने आइतबार मात्रै ५७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ ।
