मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन माथि छलफल गर्ने एजेन्डा रहेको छ ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन माथि छलफल गर्ने एजेन्डा रहेको छ । त्यस्तै अन्य केही नियमित कामकारबाहीको बारेमा निर्णय गर्नुपर्ने भएकाले प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।
२१ फागुनको निर्वाचनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो । राष्ट्रिय सभामा एक सिट खाली भएकाले सिफारिस पनि मन्त्रिपरिषदबाट हुनुपर्ने, बैठकले सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय गर्ने बुझिएको छ ।
