मनकामनाबाट फर्कंदै गरेको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु [अपडेट]

माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार थिए । ८ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्‍याइएको छ ।

फाल्गुन ३०, २०८२

हरिराम उप्रेती

6 killed in microbus accident while returning from Manakamana [Update]

गोरखा — मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

गोरखाको शहिद लखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेको हो । माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार थिए । ८ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्‍याइएको छ ।

घटनाको विस्तृत विवरण आउनै बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully