एमाले अध्यक्ष ओलीलाई पितृ शोक

९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हाे।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पितृशोक परेको छ। 

उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ।

केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए।

उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।

दिवंगत ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

कान्तिपुर

Link copied successfully