हल्दीबारी गाउँपालिका–२ पाराखोपीकी १७ वर्षीया आरती राजवंशीको रुखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा — हावाहुरीसँगै आएको वर्षाका कारण आँपको रुख ढल्दा झापामा एक किशोरीको मृत्यु भएको छ।
हल्दीबारी गाउँपालिका–२ पाराखोपीकी १७ वर्षीया आरती राजवंशीको रुखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहीबार राति करिब ९ बजेतिर वर्षासहितको हावाहुरीका कारण घर नजिकै रहेको आँपको रुख ढलेर थिच्दा उनको सुतेकै ठाउँमा मृत्यु भएको हो ।