रास्वपाले प्रतिनिधिसभा चुनावपछि पहिलोपटक सचिवालय बैठक बोलाएको हो ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । प्रतिनिधिसभा चुनावपछि रास्वपाले पहिलोपटक सचिवालयको बैठक बोलाएको हो ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार सचिवालयको बैठक शनिबार बोलाइएको छ । 'पार्टी सचिवालयको बैठक शनिबार बस्ने भएको छ । सभापतिज्यूको स्वास्थ्य अवस्थाको कारणले समय र स्थान भने तोक्न बाँकी छ,' प्रवक्ता झाले भने ।
समानुपातिक सूचीको अन्तिम लगाउनका सचिवालय बैठक बोलाइएको उनले बताए । सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।
