विभागले सूचना जारी गर्दै त्रिपुरेश्वरस्थित विभागबाटै प्रदान गरिने राहदानी सेवा करिब एक सातासम्म बन्द हुने जनाएको हो ।
काठमाडौँ — राहदानी सेवा एक सातादेखि तीन सातासम्म बन्द हुने भएको छ। राहदानी विभागले आफ्नो सेवा एक सातादेखि तीन सातासम्म बन्द हुने जनाएको छ ।
विभागले सूचना जारी गर्दै त्रिपुरेश्वरस्थित विभागबाटै प्रदान गरिने राहदानी सेवा करिब एक सातासम्म बन्द हुने जनाएको हो ।
जिल्ला र इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट दिने राहदानी सेवा भने १ देखि तीन सातासम्म बन्द हुने सूचनामा उल्लेख छ ।
विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिकालगायतको आवश्यक तयारी गरिसकेको जनाएको छ । अबको एक/दुई महिनाभित्र हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्मका लागि राहदानी सेवा अवरुद्ध हुन सक्ने बताइएको छ ।
नयाँ प्रणाली कार्यान्वयन भएपछि प्रणाली स्थिरीकरण हुन एक देखि तीन महिनासम्म लाग्दे भएकाले उक्त अन्तरिम अवधिमा जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने समेत सूचनामा उल्लेख छ ।
आगामी ६ महिना अर्थात २०८३ असोजभित्रमा राहदानी आवश्यक पर्न सक्ने सेवाग्राीहले अन्तरिम अवस्था सुरु हुन अघि नै नियमानुसार राहदानी सेवा दिन समेत विभागले जानकारी दिएको छ ।
नयाँ प्रणाली सुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचना मार्फत जानकारी दिइने समेत विभागले जनाएको छ ।
