शान्तिपूर्ण चुनाव गराएर घर फर्किए डेढ लाख निर्वाचन प्रहरी

४० दिनको अनुभवपछि उनीहरू भन्छन्–‘सिकेका अनुभवलाई समाजमा प्रयोग गर्छौं ।’

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

1.5 lakh election police officers return home after conducting peaceful elections

What you should know

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मतगणना सकिएसँगै निर्वाचन प्रहरी घर फर्किएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले देशभर खटिएका निर्वाचन प्रहरीहरुलाई बिहीबार एकसाथ बिदाइ गरेका हुन् ।

कतिपय जिल्लामा भने जिम्मेवारी पूरा गरी केही दिनअघि नै उनीहरु बिदाइ भईवरी फर्किइसकेका छन् । जिम्मेवारी पूरा गरेका निर्वाचन प्रहरीलाई प्रहरी र सशस्त्र प्रहरीले औपचारिक कार्यक्रमको आयोजना गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गरेका छन् । साथै शान्तिसुरक्षा व्यवस्थापन, नागरिक–प्रहरी सम्वन्ध सुमधुर बनाउन तथा अपराध रोकथाम तथा नियन्त्रणमा समाजमा रहेर समेत सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले निर्वाचन प्रहरीले ४० दिनको अवधिमा प्रहरीसँगै बसेर निर्वाह गरेको योगदान र भूमिका समाजका लागि फलदायी र उपयोगी हुने बताए । असल नागरिकका रूपमा निर्वाह गर्नुपर्ने भूमिकामा निर्वाचन प्रहरीले समाजमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भएर प्रहरीले भोलिका दिनमा यसलाई सदुपयोग गर्ने पनि बताए । 

1.5 lakh election police officers return home after conducting peaceful elections

४० दिन कार्यावधि तोकेर १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजार ९० जना नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना भएर सुरक्षामा खटिएका थिए । २१ फागुनको निर्वाचन, त्यसअघि र गणना अवधिभर प्रहरी र सशस्त्रको सहयोगी बनेर निर्वाचन प्रहहरी फिल्डमा खटिएका थिए ।

जसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ९० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनालाई निर्वाचन प्रहरीमा भर्ना गरेर खटाएका थिए । नेपाल प्रहरीमातहत खटिएका निर्वाचन प्रहरीलाई मतदानस्थल सुरक्षामा प्रहरीको सहयोगीका रुपमा परिचालन गरिएको थियो भने सशस्त्रले बाहिरी सुरक्षा घेराको जिम्मेवारीअनुसार आफ्नो सहयोगी फौजका रुपमा परिचालन गरेको थियो ।

निर्वाचन प्रहरीको जिम्मेवारी पूरा गरेर घर फर्किएका कटारी नगरपालिका–२, कल्याणपुरका सेनबहादुर खत्रीले यो अवधिमा नेपाल प्रहरीसँगसँगै बसेर सिकेका, भोगेका र जानेका कुरा पछिसम्म उपयोगी हुने अनुभव सुनाए । ललितपुर जिल्ला मातहत खटिएका खत्री अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि म्यादी प्रहरीका रूपमा खटिएका थिए । यो उनका लागि दोस्रो पटक हो । ‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो, कुनै अप्रिय घटनाबिनै जिम्मेवारी पूरा गर्न सकियो, यो नै ठूलो कुरा हो,' उनले भने, 'यसबाहेक फौजसँगै डेढ महिनासम्म शान्तिसुरक्षा व्यवस्थापन र निर्वाचन सुरक्षामा खटिन पायौं, यसबाट पनि धेरै कुरा सिक्न पाइयो, भोलिका दिनमा यसले हामीलाई अनुशासित भएर असल नागरिक बन्ने प्रेरणा पनि दिएको छ ।’

1.5 lakh election police officers return home after conducting peaceful elections

निर्वाचन प्रहरीको जिम्मेवारीबाट बिदा भएर बिहीबार नै घर फर्किएकी नौकुण्ड गाउँपालिका–३, रसुवाकी ३२ वर्षीया विष्णुकुमारी गलानले पनि निर्वाचन सुरक्षामा खटिएर देशको सेवा गर्न पाएकामा आफू खुसी भएको बताइन् । काठमाडौं प्रहरी मातहत भर्ना भएर धर्मस्थली क्षेत्रमा खटिएकी गलान यो अवधिमा सिकेका ज्ञान र अनुभव समाजका लागि पनि सहयोगी हुने बताइन् ।

‘निर्वाचनमा प्रहरीसँगै खटिएर शान्तिसुरक्षा व्यवस्थापन कसरी गर्नुपर्ने रहेछ भनेर सिक्यौं, निर्वाचनका दिन बुथमै खटिएर मतदान सुरक्षामा सहयोग गर्‍यौं,’ उनले गलानले भनिन्, ‘४० दिनको यो अनुभवले समाजमा शान्तिसुरक्षा कायम गर्न, अनुशासित बन्न र सुरक्षाकर्मीहरुले कसरी काम गर्दा रहेछन् भनेर बुझ्न पनि मद्दत पुग्यो ।’

कास्कीको अन्नपूर्ण गाउँपालिका–५, झोवाङका १९ वर्षीय गणेश पौडेल २१ फागुनमा मादी गाउँपालिका–८, नारायण माध्यमिक विद्यालयको मतदानस्थल सुरक्षामा खटिएका थिए । मतदानअघि प्रहरीसँगै त्यही क्षेत्रमा प्रहरीसँगै ड्युटीमा खटिएका थिए । पौडेल पनि बिहीबार नै जिम्मेवारी पूरा गरी वडा प्रहरी कार्यालय बैदाम (कास्की) बाट घर फर्किएका छन् । भन्छन्, ‘चुनावका दिन कुनै अप्रिय घटना हुन्छ कि भन्ने त्रास थियो, तर शान्तिपूर्ण रुपमा निर्वाचन भयो, मतदाताहरू पनि सहयोगी भावनाका पायौं, झडप–वादविवाद केही भएन, तोकिएको जिम्मेवारी पूरा गरेर घर फर्किएको छु ।’ अहिले सिकेका र भोगेका अनुभवले पछिसम्म असल नागरिक बन्नलाई सहयोग उनले बताए ।

1.5 lakh election police officers return home after conducting peaceful elections

खत्री, गलान र पौडेलजस्तै देशभरबाट करिब डेढ लाख निर्वाचन प्रहरी ३ माघमा भर्ना भएर १० दिनको आधारभूत सुरक्षा तालिम र १ दिनको निर्वाचन सुरक्षा अनुशिक्षण तालिम लिएर फिल्डमा खटिएका थिए । २१ फागुनका लागि उनीहरु मतदानस्थल सुरक्षामा खटिएका थिए ।

निर्वाचन प्रहरीमा भर्ना भएकालाई प्रहरी र सशस्त्र प्रहरीका जवानको आधारभूत तलबमान र लत्ताकपडा तथा रासनभत्ताअनुसारको सुविधा उपलब्ध गराइएको थियो । जसअनुसार जवानसरहको आधारभूत तलबमानअनुसार हुन आउने रकमअनुसार एकजना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको थियो ।

1.5 lakh election police officers return home after conducting peaceful elections

निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्यु भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने व्यवस्था भर्ना छनोट कार्यविधिमै समेटिएको थियो । यो पटक तीनजना निर्वाचन प्रहरीको कर्तव्य पालनका क्रममा मृत्यु भएको थियो । मृत्यु भएका निर्वाचन प्रहरीको हकमा नजिकका हकदारलाई सरकारबाट बिमाबाट हुन आउने रकम क्षतिपूर्तिबापत दिइने उल्लेख छ ।

1.5 lakh election police officers return home after conducting peaceful elections

1.5 lakh election police officers return home after conducting peaceful elections

कान्तिपुर

Link copied successfully