सिरहा अदालतअगाडि बम विस्फोट

घाइते एक जनालाई उपचारका लागि अस्पताल पठाइयो

फाल्गुन २७, २०८२

विनय आजाद

Bomb explodes in front of Siraha court

सिरहा — सिरहा सदरमुकाममा बम विस्फोट भएको छ । सदरमुकामस्थित सिरहा जिल्ला अदालतको अगाडिमा रहेको मधेश 'ल' फर्ममा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो ४ बजे बजे भएको बम विस्फोटमा एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएको छ ।

सुतली बम भएको प्रारम्भिक अनुमान गरिए पनि अहिले सुरक्षा निकायको टोली घटनास्थलमै रहेको र थप अनुसन्धान कार्य भइरहेको एसपी पाठकले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully