पश्चिम एसियाको युद्धमा १५ नेपाली घाइते

पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले घाइतेमध्ये एकजना मात्रै उपचाररत रहेको बताए ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

15 Nepalis injured in West Asia war

काठमाडौँ — परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा भएको युद्धमा हालसम्म १५ जना नेपाली घाइते भएको जनाएको छ । 

परराष्ट्रले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सबैभन्दा बढी इजरायलमा ६ जना घाइते भएका छन् । परराष्ट्रले घाइते नेपालीको पहिचान सार्वजनिक गरेको छैन ।

पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले घाइतेमध्ये एकजना मात्रै उपचाररत रहेको बताए ।   

परराष्ट्र मन्त्रालयले हालसम्म कन्सुलर विभागको अनलाइनमा ६३ हजार ५ सय ७० जनाले आफ्नो विवरण दर्ता गरेका छन् । त्यसमध्ये आफूलाई असुरक्षित भएको भनेर विवरण दिने नेपालीलाई दूतावासमार्फत बुझ्ने काम भइरहेको जनाएको छ ।   

कान्तिपुर

Link copied successfully