कान्तिपुरकर्मी दीपेन्द्र विष्टलाई मातृशोक

उनकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको नवदुर्गा गाउँपालिका–५ चामास्थित आफ्नै निवासमा निधन भएको हो ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Mother's condolences to Kantipur journalist Dipendra Bista

डडेलधुरा — कान्तिपुरकर्मी पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । उनकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको नवदुर्गा गाउँपालिका–५ चामाको आमकोटस्थित आफ्नै निवासमा निधन भएको हो ।

स्वर्गीय विष्टका चार छोरा र तीन छोरी रहेका छन् । पत्रकार दीपेन्द्र विष्ट उनका साइँला छोरा हुन् ।

परिवारजनका अनुसार हजारीदेवी विष्टको अन्त्येष्टि मंगलबार सेती नदीमा गरिनेछ ।

कान्तिपुर

Link copied successfully