बालेन्द्र शाहको चुनाव खर्च १४ लाख

शाहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन्। त्यहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Election expenses of Balendra Shah 14 lakhs

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च बुझाएका छन्। 

उनले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ। 

शाहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गरेका छन्। त्यहाँ उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। 

त्यस्तै सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन्। 

यस्तो छ उनले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च विवरणः
Election expenses of Balendra Shah 14 lakhs

कान्तिपुर

Link copied successfully