जाँचुबुझ आयोगले भदौ २३ र २४ को घटनाको छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझायो

जाँचबुझ आयोग अध्यक्ष नियुक्त कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

The Commission of Inquiry submitted the investigation report on the incidents of Bhadra 23 and 24 to Prime Minister Karki.

काठमाडौँ — 'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।  आयोगले आइतबार बिहान सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो । 

भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । 

The Commission of Inquiry submitted the investigation report on the incidents of Bhadra 23 and 24 to Prime Minister Karki.

जाँचबुझ आयोग अध्यक्ष नियुक्त कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

आयोगका एक सदस्यका अनुसार प्रतिवेदनमा भदौ २३ को जेन-जी आन्दोलनमा भएको राज्यपक्षको दमन र त्यसको भोलिपल्ट भएको विध्वंसको छुट्टाछुट्टै अध्ययन र कारबाही सिफारिस गरिएको छ । 

कान्तिपुर

Link copied successfully