भदौ २३ र २४ का घटनाबारे छुट्टाछुट्टै जाँचबुझ र सिफारिस

आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई 'भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२' ले प्रतिवेदन आइतबार बुझाउने कार्यक्रम रहेको छ ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Separate investigations and recommendations regarding the incidents of Bhadra 23 and 24

काठमाडौँ — 'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' ले भदौ २३ को जेन-जी आन्दोलनमा भएको राज्यपक्षको दमन र त्यसको भोलिपल्ट भएको विध्वंसको छुट्टाछुट्टै अध्ययन र कारबाही सिफारिस गरेको छ । 

आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई 'भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२' ले प्रतिवेदन आइतबार बुझाउने कार्यक्रम रहेको छ ।

आयोगका एक सदस्यका अनुसार भदौ २३ को जेन-जी आन्दोलनमा तत्कालीन सरकारको तर्फबाट भएको बल प्रयोग किन र कसरी भयो भन्ने विषयमा छानबिन भएको छ । सोहीअनुसार भदौ २३ को घटनामा संलग्नहरूका बारेमा कारबाही सिफारिस गरिएको छ । 

भदौ २४ मा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायतका सरकारी र निजी संरचनामा आगजनी, लुटपाट लगायतका विध्वंसको छुट्टै अध्ययन गरी कारबाहीका लागि सिफरिस गरिएको ती सदस्यले जानकारी दिए । 'भदौ २३ गतेको आन्दोलनमा प्रहरी तथा सरकारबाट दमन किन भयो भन्ने कोणबाट अध्ययन भएको छ । २४ गते भएको विध्वंसको छुट्टै अध्ययन भएको छ । त्यो दिन कसले कसरी विध्वंस गर्‍यो भन्ने अध्ययन भएको छ,' आयोगका ती सदस्यले भने ।

दुवै दिनका घटनाको सम्बन्धमा छुट्टाछुट्टै सिफारिस रहेको पनि आयोगका ती सदस्यको भनाइ छ । 

भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न मन्त्रीपरिषद्ले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

कान्तिपुर

Link copied successfully