प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले आयोगले आइतबार बिहान ११ बजे प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउन लागेको जानकारी दिए ।
काठमाडौँ —
प्रधानमन्त्री सुशीला कार्कीलाई 'भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२' ले प्रतिवेदन बुझाउन लागेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले आयोगले आइतबार बिहान ११ बजे प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउन लागेको जानकारी दिए ।
भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
जाँचबुझ आयोग अध्यक्ष नियुक्त कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन् । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।