बिहान १० बजेसम्मको मतपरिणाम अनुसार राईले ९ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् ।
धनकुटा —
धनकुटामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता लिएका छन्।
शनिबार बिहान १० बजेसम्मको मतपरिणाम अनुसार राईले ९ हजार ९ सय ५४ मत प्राप्त गर्दै अग्रस्थानमा पुगेका हुन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई ७ हजार १ सय ९१ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राई ६ हजार १ सय ७ मतसहित तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिनेश भण्डारीले ५ हजार १ सय ९१ मत प्राप्त गरेका छन्।
