बालेन्द्रलाई ओलीको बधाई : कार्यकाल निर्विघ्न सफल रहोस्

झापा-५ को अन्तिम मतपरिणाम आएपछि शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले बधाई तथा शुभकामना दिएका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Oli congratulates Balendra: May his tenure be successful and trouble-free

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई जितको शुभकामना र बधाई दिएका छन् । झापा-५ को अन्तिम मतपरिणाम आएपछि शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले बधाई तथा शुभकामना दिएका हुन् । झापा-५ मा बालेन्द्रले ओलीलाई पराजित गरेका छन् । 

ओलीले भनेका छन्- बालेन बाबु,

बिजयको लागि तपाईंलाई बधाई !

तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !

कान्तिपुर

Link copied successfully