काभ्रे १ मा रोशी–९ को मतगणना स्थगित राख्दै अन्य वडाको गणना सुरु

अहिलेसम्मको गणनाअनुसार काभ्रे १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अघि छ ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Counting of votes in Roshi-9 in Kavre 1 postponed, counting of votes in other wards begins

काठमाडौँ — काभ्रे : काभ्रे प्रतिनिधिसभा १ अन्तर्गत रोशी गाउँपालिका–९ को  मतगणना स्थगित भएको छ ।  खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि यहाँ विवाद उत्पन्‍न भएको थियो । त्यसपछि बसेको सर्वदलीय बैठकले तत्कालका लागि मतगणना स्थगित गर्ने निर्णय गरेको हो । सहमति अनुसार उक्त वडाको मतगणनालाई हालका लागि स्थगित नै राखी अर्थकट्टी (क्रस–चेक) का लागि मतपत्र झिकाएर पुनः जाँच गर्ने निर्णय गरिएको छ। त्यसपछि मात्रै सो वडाको मतगणना पुनः सुरु गरिने जनाइएको छ।

 रोशी गाउँपालिकाका अन्य वडाहरूको मतगणना भने सुरु गरिएको छ। अहिलेसम्मको गणनाअनुसार काभ्रे १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अघि छ । 

पछिल्लो अपडेट :

तारा – १०,४५०

रुख – ७,५१९

घण्टी – ६,१०२

सूर्य – ५,५६३

चिम – १,२४९

मतगणना अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

कान्तिपुर

Link copied successfully