सिन्धुली-२ मा आशिष गजुरेल विजयी

गजुरेलले १७ हजार ९ सय ४० मत ल्याएका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Ashish Gajurel wins in Sindhuli-2

काठमाडौँ — सिन्धुली-२ मा आशिष गजुरेल विजयी भएका छन् । उनी १७ हजार ९ सय ४० मत ल्याउँदै विजयी भएका हुन् । गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक थिए । प्रतिनिधिसभा निर्वाचनकै लागि उनले राजीनामा दिएका थिए ।

उनका प्रतिद्वन्द्वी लेखनाथ दाहालले १४ हजार ७ सय ८० मत पाएका छन् । नेकपाका मनोजजंग थापाले ११ हजार ६ सय ६ मत ल्याएका छन् । कांग्रेसका सुशिला थिङले ६ हजार ७ सय ६० मत ल्याएका छन् । 

कान्तिपुर

Link copied successfully