चितवन-२ मा एमालेका अस्मिन घिमिरेलाई अग्रता

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अस्मिन घिमिरेले ३२५ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार रवि लामिछानेले २१२ मत प्राप्त गरेका छन् ।

फाल्गुन २२, २०८२

रमेशकुमार पौडेल

UML's Asmin Ghimire leads in Chitwan-2

चितवन — चितवन-२ मा एमालेका उम्मेदवार अस्मिन घिमिरे प्रारम्भिक अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९६५ मत गन्दा घिमिरेले ३२५ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार रवि लामिछानेले २१२ मत प्राप्त गरेका छन् । यस्तै, नेकपाका उम्मेदवार प्रताप गुरुङले १६१, कांग्रेसका उम्मेदवार मिना खरेलले १४५ मत प्राप्त गरेका छन् ।  

सुरूवाती ९६५ मत गणना हुँदा ९३ मत बदर भएको छ । चितवन-२ मा हिजो बिहिबार भएको मतदानमा ८७ हजार २२१ मत खसेको थियो ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully