मिक्लाजुङ गाउँपालिकाका १ देखि ५ नम्बर वडाको ६ हजार ४ सय २२ मत गन्दा हस्तराज शेर्माले २ हजार ४ सय ३१ मत प्राप्त गरेका हुन् ।
पाँचथर — जिल्लामा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले मतान्तर बढाउँदै लगेका छन् ।
मिक्लाजुङ गाउँपालिकाका १ देखि ५ नम्बर वडाको ६ हजार ४ सय २२ मत गन्दा उनले २ हजार ४ सय ३१ मत प्राप्त गरेका हुन् ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले १ हजार १ सय ९३ मतसहित दोस्रो स्थानमा छन् । यसअघि उनी चौथो स्थानमा थिए ।
यसैगरी नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ ९ सय ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । यस्तै नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङ ९ सय २ मत सहित चौथो स्थानमा छन् ।
जिल्लामा १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेकामा ७१ हजार १ सय ७० जनाले मतदान गरेका थिए ।
