राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर प्रारम्भिक अग्रता लिएका छन् ।
काठमाडौँ — काठमाडौं- ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर प्रारम्भिक अग्रता लिएका छन् । यस्तै, दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराईले २७३ मत प्राप्त गरेका छन् ।
कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन् ।
