ललितपुर ३ रास्वपाकी तोसिमाको अग्रता

१ हजार ९ सय ९६ मत गणना भइसक्दा रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले १६ सय ४८ मत प्राप्त गर्दै अघि छिन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Lalitpur 3 Rashtriya Swayamsevak Sangh's Tosima leads

काठमाडौँ — प्रतिनिधि सभा ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । १ हजार ९ सय ९६ मत गणना भइसक्दा रास्वपाकी उम्मेदवार तोसिमा कार्कीले १ हजार ६ सय ४८ मत प्राप्त गर्दै अघि छिन् । 

यस्तै दोस्रोमा रहेको कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ १६८ मत छ भने नेकपाका राजकाजी महर्जनको ३५ मत छ । एमालेका सन्दन थापामगरको ३३ र राप्रपाका सबिनकुमार खड्काको पनि ३३ मत रहेको छ ।

कान्तिपुर

Link copied successfully