बिहान ६ बजेर १५ मिनेटदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत शिव वाग्लेले बताए । यद्यपि, सुरुवाती परिणाम सार्वजनिक हुन केही समय लाग्ने उनले जनाए ।
सिरहा — सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको हलमा मतगणना सुरु भएको हो ।
बिहान ६ बजेर १५ मिनेटदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत शिव वाग्लेले बताए । यद्यपि, सुरुवाती परिणाम सार्वजनिक हुन केही समय लाग्ने उनले जनाए ।
सिरहा–१ मा भने ८ बजेदेखि मतगणना सुरु हुँदैछ । यहाँ लहानस्थित नगरपालिकाको सभाहलमा मतगणना हुनेछ । सिरहा २ र ३ मा अहिले ८ बजे बल्ल सर्वदलीय बैठक बस्न लागेको छ ।
सबै उम्मेदवारका प्रतिनिधिहरूबीच सर्वदलीय बैठक सम्पन्न भएपछि अब विलम्ब नगरी मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिए ।