झापा ५ मा बालेन्द्रको सुरुवातमै फराकिलो अग्रता

२ हजार ३ सय ३ मत गणना हुँदा बालेन्द्रले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले अध्यक्ष ओलीले ३८४ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Balendra takes a wide lead at the start of Jhapa 5

काठमाडौँ — झापा क्षेत्र नम्बर ५ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका केपी शर्मा ओलीभन्दा फराकिलो अग्रता लिएका छन् । 

२ हजार ३ सय ३ मत गणना हुँदा बालेन्द्रले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमाले अध्यक्ष ओलीले ३८४ मत पाएका छन् । 

अहिले झापा पाँचको गौरादहको कमल गाउँपालिकाको बासबारी मावि मतदान (क) र (ख) र गौरादह गाउँपालिकाको मोति माविको (क) र (ख) मा २४ सय ३ मत गणना भइरहेको छ ।

कान्तिपुर

Link copied successfully