देशभर उत्साहपूर्वक मतदान सुरु भएको छ : निर्वाचन आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘प्रारम्भिक रूपमा कुनै व्यवधान नभएको पाएका छौँ।’

फाल्गुन २१, २०८२

दुर्गा दुलाल

Voting has begun enthusiastically across the country: Election Commission

काठमाडौँ — निर्वाचन आयोगले देशैभर उत्साहपूर्वक मतदान सुरु भएको बताएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिलेसम्म कुनै पनि क्षेत्रमा अवरोध वा अशान्तिको खबर आएको छैन।उनले भने, ‘प्रारम्भिक रूपमा कुनै व्यवधान नभएको पाएका छौँ।’

प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फका उम्मेदवारमध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला छन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully