सल्यानस्थित कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।
सल्यान — सल्यानस्थित कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।
बिहान ७ बजेर ४४ मिनेटदेखि सुरु भएको मतदान प्रक्रिया ८ बजेर १५ मिनेटमा सकिएको मतदान अधिकृत नवीनकुमार थापाले जानकारी दिए।
उनका अनुसार कारागारमा रहेका १९ जना पुरुष कैदीबन्दीले मतदान गरेका छन्। कारागारमा हाल १५ महिला र १ सय १७ पुरुष कैदीबन्दी रहेको बताइएको छ।
निर्वाचन व्यवस्थापनअनुसार योग्य कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गराइएको हो।
