मन्त्री श्रेष्ठले आम मतदातालाई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी छन् ।
काठमाडौँ — नेपाल सकारकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ मतदान गरेकी छन् । उनले काठमाडौंबाट मतदान गरेकी हुन् ।
मन्त्री श्रेष्ठले मतदाताहरूलाई सक्रियतापूर्वक मतदानमा सहभागी भई नागरिक कर्तव्य पूरा गर्न पनि आह्वान गरेकी छन् । मतदान गरेपछि उनले भनिन्, 'आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरी मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ । तपाईंहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु ।'
मन्त्री श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता हुन् । उनले भद्रकाली प्राथमिक विद्यालय खड्का भद्रकाली (ग) मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
