जेन-जी आन्दोलनपछि भएको निर्वाचनले जटिल परिस्थितिको निकास दिएकोमा सन्तोष व्यक्त गर्दै राष्ट्रपति पौडेलले सरकारलाई धन्यवाद दिएका छन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सफल भएकोमा खुसी व्यक्त गरेका छन् । जेन-जी आन्दोलनपछि भएको निर्वाचनले जटिल परिस्थितिको निकास दिएकोमा सन्तोष व्यक्त गर्दै राष्ट्रपति पौडेलले सरकारलाई धन्यवाद दिएका छन् ।
‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएकोमा खुसी लागेको छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘निर्वाचनले जटिल परिस्थितिको निकाश दिएकोमा सन्तोष लागेको छ ।’
उनले निर्वाचन शान्तिपूर्णरुपमा सफल गराउन भूमिका खेलेकोमा सरकार, निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । यसका साथै सुरक्षा निकाय, कर्मचारी र मतदातालाई धन्यवाद व्यक्त गरेका छन् ।
