मधेश प्रदेशभरि उत्साहजनक मतदान भइरहेको छ ।
जनकपुर — मधेश प्रदेशमा अहिलेसम्म २५ प्रतिशत मतदान भएको छ ।
मधेश प्रदेश प्रहरी कर्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले मधेश प्रदेशमा दिउँसो १ बजेसम्म २५ प्रतिशत मतदान भएको बताए ।
उनका अनुसार मधेश प्रदेशभरि शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ ।
