'एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ'

सेनाद्वारा आज जारी अपिलमा आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालित भइरहेको जनाइएको छ ।

फाल्गुन २०, २०८२

रासस

'The Nepali Army is operating according to the Integrated Security Plan'

काठमाडौं — नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका साथ निर्वाचन सुरक्षासम्बन्धी कार्य गरिरहेको स्पष्ट पारेको छ । सेनाद्वारा आज जारी अपिलमा आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालित भइरहेको जनाइएको छ । 

निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अंग एवं सरोकारवाला निकाय एकीकृत र समन्वयात्मक ढंगले कार्य गरिरहेको अवस्थामा प्रसारित अतिरन्जित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको सेनाले जनाएको छ । सुनियोजित ढंगबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनामा विश्वास नगर्न/नगराउन जनसमुदायमा सेनाले अपिल गरेको छ ।

रासस

Link copied successfully