स्वदेश फर्किन समस्या परे विवरण दर्ता गर्न राजदूतावासको अनुरोध

दूतावासले विशेषगरी पर्यटक (भिजिट) भिसा, ट्रान्जिटमा रहेका, भिसा अवधि सकिएका वा तत्काल नेपाल फर्किन चाहने नेपाली नागरिकलाई अनलाइन फारम वा उपलब्ध क्यूआर कोडमार्फत विवरण पेस गर्न अनुरोध गरिएको छ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Embassy requests to register details in case of problems returning home

काठमाडौं — नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित परिस्थितिका कारण स्वदेश फर्किन समस्या भोगिरहेका नेपाली नागरिकलाई आफ्नो विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सूचना जारी गरेको छ ।

दूतावासले विशेषगरी पर्यटक (भिजिट) भिसा, ट्रान्जिटमा रहेका, भिसा अवधि सकिएका वा तत्काल नेपाल फर्किन चाहने नेपाली नागरिकलाई अनलाइन फारम वा उपलब्ध क्यूआर कोडमार्फत विवरण पेस गर्न अनुरोध गरिएको छ।

दूतावासले सही विवरण संकलन भएपछि आवश्यक समन्वय र सहजीकरण प्रक्रिया अघि बढाइने जनाएको छ । साथै अपुष्ट सूचना वा हल्लामा नलागी आधिकारिक माध्यममार्फत मात्र जानकारी लिन समेत आग्रह गरिएको छ।

कान्तिपुर

Link copied successfully