युएईमा अलपत्र नेपालीको विवरण संकलन गर्न पोर्टल निर्माण

विभिन्न मुलुकबाट नेपाल फर्कने सिलसिलामा युएईको एअरपोर्टमा अलपत्र परेका र युएईको भिषा समाप्त भई वा कम्पनीमा भिषा क्यान्सिलेसन गरेर नेपाल फर्कन चाहनेहरूको विवरण पोर्टलमा अद्यावधिक गर्न राजदूतावासले आग्रह गरेको छ ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Portal created to collect details of Nepalis stranded in UAE

काठमाडौँ — युएईस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न पोर्टल निर्माण गरेको छ ।

विभिन्न मुलुकबाट नेपाल फर्कने सिलसिलामा युएईको एअरपोर्टमा अलपत्र परेका र युएईको भिषा समाप्त भई वा कम्पनीमा भिषा क्यान्सिलेसन गरेर नेपाल फर्कन टिकट काटिसकेपश्चात असहज परिस्थितमा परेकाहरूकोविवरण पोर्टलमा अद्यावधिक गर्न राजदूतावासले आग्रह गरेको छ ।

साथै,  २८ फेब्रुअरी पछिको समयमा ओभरस्टे भएकाहरूको हकमा भने जरिवाना नलाग्ने जानकारी प्राप्त भएको हुँदा सोहीअनुसार गर्न राजदूतावासले अनुरोध छ । राजदूतावासले https://legal.nepalconsular.gov.np/urgent-rescue मा विवरण अद्यावधिक गर्न आग्रह गरेकाे छ ।Portal created to collect details of Nepalis stranded in UAE

कान्तिपुर

Link copied successfully