पश्चिम नवलपरासीमा छैन होलीको रौनक

अघिल्ला वर्ष धुमधामका साथ रंग र पानीका फोहरासँग मनाइने होली यसपटक भने बजार तथा चोकचौराहामा भिडभाड र होली खेल्ने स्थानीय निकै कम छन् ।

फाल्गुन १९, २०८२

नवीन पौडेल

No Holi festivities in West Nawalparasi

परासी — निर्वाचनको मौन अवधि र चन्द्र ग्रहणका कारण पश्चिम नवलपरासीमा यस वर्ष होलीको रौनक कम देखिएको  छ ।

अघिल्ला वर्ष धुमधामका साथ रंग र पानीका फोहरासँग मनाइने होली यसपटक भने बजार तथा चोकचौराहामा भिडभाड र होली खेल्ने स्थानीय निकै कम छन् । 

मंगलबार होली परेकाले ‘खरो’ बार भन्दै कतिपयले भोलि बुधबार मनाउने तयारी गरेको रामग्राममा मेवालाल अग्रहरीले बताए । ग्रहण परेको दिन उत्सव मनाउन उपयुक्त नहुने धार्मिक विश्वासका कारण पनि धेरैले पर्व मनाएका छैनन् । 

निर्वाचनको मौन अवधिमा कुनै प्रकारको प्रचार-प्रसार तथा भिडभाड नगर्न प्रशासनले सूचना जारी गरेको छ । केहिले  पारिवारिक जमघटमै सिमित भएर पर्व मनाएका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully