नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार दुर्घटना 

कारमा सवार ५ मध्ये ४ जना घाइतेका भएका छन् ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Car accident on way from Nagarkot to Bhaktapur

काठमाडौँ — भक्तपुरको चाँगुनारायण नगरापलिका-८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडी कार दुर्घटना भएको छ । नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको उक्त कार सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । कारमा सवार ५ जनामध्ये ४ जना घाइतेका भएका छन् । 

सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धारमा खटिएको छ । उद्धारपश्चात घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल भक्तपुरतर्फ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully