मध्यपूर्वी हवाई क्षेत्र प्रतिबन्धका बाबजुद टर्किस एयरलायन्सको काठमाडौं उडान नियमित

शनिबार पनि इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान सामान्य रूपमा सञ्चालन भएको थियो।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Turkish Airlines flights to Kathmandu continue regularly despite Middle Eastern airspace restrictions

काठमाडौँ — टर्किस एयरलायन्सले इस्तानबुल–काठमाडौं–इस्तानबुल नियमित उडान सेवा सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ। 

मध्यपूर्व क्षेत्रका केही हवाई क्षेत्रमा लागू प्रतिबन्धका बाबजुद उडान सेवा नियमित तालिकाअनुसार सञ्चालन भइरहेको काठमाडौं स्टेसनले आइतबार बिहान स्पष्ट पारेको छ।

कम्पनीका अनुसार शनिबार पनि इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान सामान्य रूपमा सञ्चालन भएको थियो। उक्त उडान काठमाडौंबाट प्रस्थान गरी इस्तानबुलमा सुरक्षित अवतरण गरेको थियो। आइतबारको निर्धारित उडान पनि तालिकाअनुसार सञ्चालन भइरहेको जनाइएको छ ।

कम्पनीले आज जारी गरेको आधिकारिक सूचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित उडानहरू हालसम्म अवरोधरहित रूपमा सञ्चालन भइरहेको उल्लेख गरेको छ ।

कान्तिपुर

Link copied successfully