इजरायल र इरानमा रहेका नेपालीका लागि सरकारको ६ बुँदे निर्देशन

परराष्ट्र मन्त्रालयले इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपालीलाई सुरक्षा उपाय अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Government's 6-point directive for Nepalis in Israel and Iran

काठमाडौँ — परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित अवस्थालाई नजिकबाट नियालि रहेको भन्दै इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि सावधानी अपनाउन अनुरोध गर्दै ६ बुँदे निर्देशन जारी गरेको छ ।

इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सल्लाह तथा निर्देशन कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन र आफ्नो बसोबास क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि मन्त्रालयले भनेको छ ।

काठमाडौंस्थित मन्त्रालय, तेल अविभस्थित नेपाली दूतावास तथा दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन, इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकले दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न मन्त्रालये आग्रह गरेको छ ।

मध्यपूर्वका अन्य देशहरूमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकले पनि त्यहाँका सम्बन्धित निकायहरूले सुझाएका सावधानीका उपाय पालना  गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

Government's 6-point directive for Nepalis in Israel and Iran

कान्तिपुर

Link copied successfully