शुक्रबार बिहान हेलिकप्टरमार्फत दोलखाको बैत्यश्वर–२ मा गृहमन्त्री अर्याल र आयुक्त निरीक्षणका लागि आइपुगेका हुन्।
दोलखा — निर्वाचनमा संवेदनशील मानिएको मतदानस्थलको निरीक्षण गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसहित कार्यवाहक मुख्य निर्वाचन आयुक्त रामप्रसाद भण्डारी दोलखा आएका छन्।
शुक्रबार बिहान हेलिकप्टरमार्फत दोलखाको बैत्यश्वर–२ मा गृहमन्त्री अर्याल र आयुक्त निरीक्षणका लागि आइपुगेका हुन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा बुथ कब्जा र हिंसात्मक झडप भएको दोलखाको निर्वाचन सुरक्षा अवस्था बुझ्न गृहमन्त्रीसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखा आएका हुन्।
मतदानका समयमा मतदाता त्रसित बनेर मत हाल्न नपाएको गुनासो आएपछि गृहमन्त्रीसहितको टोली निरीक्षणका लागि दोलखा आएको हो।
उनले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सुरक्षाकर्मीलाई निर्देशन दिने बताइएको छ। साथै मतदानस्थल, मतदाता र मतपेटिकाको सुरक्षा अवस्थाका विषयमा समेत छलफल हुने बताइएको छ।
