मतदाताको भनाइ राख्न पाउनुपर्ने मागसहित सेतोपाटी पनि पुग्यो सर्वोच्च, दुवै रिटको पेशी शुक्रबारका लागि तोकियो
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि मत सर्वेक्षण र कुनै उम्मेदवारको पक्षपोषण हुने गरी समाचार सम्प्रेषण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सेतोपाटी अनलाइनलगायतका सञ्चारमाध्यमले २१ फागुनको निर्वाचनलाई लक्षित गर्दै जित-हार दाबी गर्दै समाचार प्रकाशित गरेको भन्दै रिट निवेदन परेको हो ।
अधिवक्ता आभाष रेग्मीले सेतोपाटी, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । त्यस्तै बिहीबार नै सेतोपाटीको रिट पनि दर्ता भएको छ । सेतोपाटीले निर्वाचन आयोग र प्रेस काउन्सिललाई विपक्षी बनाएर रिट निवेदन दिएको हो ।
सेतोपाटीले मतदाताको भनाइ राख्न पाउनुपर्ने मागसहित रिट दर्ता गरेको हो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले दुवै रिट बिहीबार दर्ता भएको र शुक्रबारका लागि पेशी तोकिएको जानकारी दिए ।
