कतै पनि समीकरण हुँदैन : दाहाल 

नेकपा संयाेजक पुष्पकमल दाहालले बाग्लुङको एक निर्वाचन क्षेत्रबाहेक कतै पनि समीकरण नगरेको स्पष्ट पारेका छन । उनले नेकपा आफ्नै शक्ति र खुट्टामा उभिएर निर्वाचनमा जाने बताए ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

There is no equation anywhere: Dahal

काठमाडौँ — नेकपाका संयोजक पुष्पकमल दाहालले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कतै पनि समीकरण वा तालमेल नहुने बताएका छन् ।

नेकपाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले केही समययता देशका १० स्थानमा तालमेलन हुँदै भन्ने जस्ता हल्ला चलेको र त्यस्तो विषयको पछि नलाग्न आग्रह गरेका छन् । उनले भने, 'नेकपाले बाग्लुङको एक निर्वाचन क्षेत्रबाहेक कतै पनि समीकरण गरेको छैन । आफ्नै शक्ति र खुट्टामा उभिएर निर्वाचनमा जादैछौं । समीकरण हुने कुरा खारेज गर्न चाहन्छौं ।'

कान्तिपुर संवाददाता

Link copied successfully