भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न सेनाले मोटरसाइकल गस्ती सुरु गरेको हो ।
धादिङ — आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन धादिङमा नेपाली सेनाले मोटरसाइकल गस्ती सुरु गरेको छ ।
भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न सेनाले मोटरसाइकल गस्ती सुरु गरेको हो ।
सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न, आकस्मिक अवस्थाको तत्काल प्रतिकार्य गर्न तथा रणनीतिक क्षेत्रमा निरन्तर निगरानी राख्ने उद्देश्यले गस्ती सुरु गरिएको भैरव गण गजुरीका गणपति असीम श्रेष्ठले जानकारी दिए ।
गाडी तथा संयुक्त सुरक्षा गस्तीसमेत गरिरहेको सेनाले धादिङमा मोटरसाइकलमा रहेको २ समूहले मोबाइल पेट्रोलिङ गर्नेछ ।