बुधबार राति माइतीघर मण्डल पुगेर गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखी ५ दिनदेखि अनशनरत जेन–जी युवाहरुको अनशन तोडाएका हुन् ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले माइतीघर मण्डलमा विभिन्न माग राखी आमरण अनशनरत घाइते जेन–जी युवालाई जुस पिलाएर अनसन तोडाएका छन् ।
बुधबार राति माइतीघरमण्डल पुगेर मन्त्री अर्यालले विभिन्न माग राखी ५ दिनदेखि अनशनरत जेन–जी युवालाई अनशन तोडाएका हुन् । घाइते जेन-जी विजय अधिकारीको संयोजकमा लोकराज उपाअधिकारी, स्मृती राई र अशोक घोरासैनी अनशनरत थिए ।
उक्त अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति र स्थिरताको पक्षमा आफूसधैं प्रतिबद्ध रहेको बताउँदै उक्त अभियानमा सबैको साथ जरुरी भएको उल्लेख गरे । उनले मुलुकलाई क्षति नहुनेगरी लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै देश र नागरिकको पक्षमा पैरवी गर्न सचेत हुनुपर्नेमा जोड दिए ।
अनशनरत युवाले जेन-जीको भावना बुझेर बेलैमा अनसन तोडाएकामा गृहमन्त्री अर्यालको प्रसंशा गर्दै सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
