चट्याङ लागेर इलाममा तीनजना घाइते, एकको अवस्था गम्भीर

चट्याङ लागेर घाइते हुनेमा इलाम–३ पुवामझुवाका ३० वर्षीय पुष्पलाल विष्ट, ४० वर्षीया तारा खत्री र ८२ वर्षीय तिलकुमार खत्री छन् ।

फाल्गुन १२, २०८२

लक्ष्मी गौतम

पाँचथर — चट्याङ लागेर इलाममा ३ जना घाइते भएका छन् । घाइते तीनैजना इलाम नगरपालिका–३ पुवामझुवाका रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा इलाम–३ पुवामझुवाका ३० वर्षीय पुष्पलाल विष्ट, ४० वर्षीया तारा खत्री र ८२ वर्षीय तिलकुमार खत्री छन् ।

स्थानीयका अनुसार मंगलबार साँझ पानीसँगै परेको चट्याङ लागेर उनीहरू घाइते भएका हुन् । घाइतेहरूलाई तत्काल उद्धार गरी इलाम जिल्ला अस्पतालमा ल्याइएको थियो ।

घाइतेमध्ये पुष्पलालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि झापाको बिर्तामोडस्थित अस्पताल रिफर गरिएको छ । 

घाइतेहरू तारा र तिलकुमारको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार वर्षायाम सुरु भएसागै चट्याङका घटना बढ्न थालेका छन् । स्थानीय प्रशासनले खुला स्थानमा नबस्न र सुरक्षित ठाउामा आश्रय लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully